२०८३ असार १३ गते शनिवार

गीत,संगीतको रोयल्टी पाएनौ

तस्बिर : राजेश खत्री

यमकला भुसाल,
तुलसीपुर, भदौ ७। कुनै पनि गित, संगित, सिर्जना सार्वजनिक रुपमा प्रयोग गरे बापत त्यसका सर्जकलाई रोयल्टी अथवा निश्चित रकम दिनुपर्ने कानुन मै व्यवस्था छ । सार्वजनिक सञ्चार माध्यमले मुनाफाको एक प्रतिशत सहित विभिन्न ४० निकायले रोयल्टी रकम दिनुपर्ने व्यवस्था कलाकार तथा सर्जकको बौद्धिक सम्पत्ती रक्षा प्रतिलिपी अधिकार ऐन २०५९ ले व्यवस्था गरेको छ । तर अझै पनि अधिकांश स्रष्टा, सर्जकले रोयल्टी बापतको रकम नपाएको भन्दै शनिवार तुलसीपुरमा आयोजित एक कार्यक्रमका बक्ताले गुनासो गरेका छन । वर्ष भरी मेहेनत गरि संगितकार तथा श्रष्टाहरुले सिर्जना गरेको गित संगितको राज्यले तोके अनुसारको उचित रकम नपाउँदा आफुहरु ठगिएको उनीहरुको भनाई छ । साथै उनीहरुले ऐनमा व्यवस्था गरे अनुसारको रोयल्टी रकम आफुहरुले पाउनु पर्ने माग समेत गरेका छन ।

नेपाल प्रतिलिपि अधिकार रजिष्टारको कार्यालय,संगित रोयल्टी संकलन समाज नेपालको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका र रिपोर्टस क्लव दाङको समन्वयमा आयोजित प्रतिलिपि अधिकार तथा संगित रोयल्टी व्यवस्थापन विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले गित संगित रचना गर्ने जुन सुकै श्रष्टा,सर्जकहरुले रोयल्टी वाफतको रकम पाउनुपर्ने बताए ।

उनले भने,–प्रतिलिपि अधिकारको कसैले उल्लघंन गर्न पाइदैन,हरेक संगितकार र सर्जकहरुले ऐनमा तोके अनुसार पाउनुपर्ने रोयल्टी रकम पाउनुपर्छ ।

कार्यक्रममा नेपाल पत्रकार महाँसघंका केन्द्रिय बरिष्ठ उपाध्यक्ष बिपुल पोख्रेलले राज्यले बौद्धिक सिर्जनालाई महत्वपुर्ण रुपमा स्वीकार गर्नुपर्ने बताए । उनले भने,–राज्यले पनि सस्कृतिको मौलिक पहिचान गरि ऐनमा उल्लेख गरे अनुसारको रोयल्टी रकम सर्जकहरुलाई उपलब्ध गराउनुपर्छ । साथै उनले राज्यले पहिले आफुले निमार्ण गरेको कानुन गम्भिरता पुर्वक लिनुपर्ने समेत धारणा व्यक्त गरे ।

कार्यक्रममा नेपाल प्रतिलिपि अधिकार रजिष्टार कार्यालयका रजिष्टार प्रकाश आचार्यले हरेक व्यक्तीले नैतिक र प्रतिलिपि अधिकारको सरक्षण गर्नुपर्ने बताए । उनले यस वर्ष कुल २ करोड ६४ लाख संगित रोयल्टी उठेको पनि बताए ।

नेपाल प्रतिलिपि अधिकार रजिष्टार कार्यालयका अध्यक्ष महेश खड्काको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक रेडियो प्रशारक सघंका वरिष्ठ उपाध्यक्ष,मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिव सुसिल बस्नेत,तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य जानका रेग्मी,तुलसीपुर उद्योग वाणिज्य सघंका महासचिव रुपबहादुर खत्री,रिपोर्टस क्लव दाङका अध्यक्ष सरद रेग्मी,सिस्नेपानी नेपालका अध्यक्ष लोकराज पराजुली,यातयात कार्यालय तुलसीपुरका रेश्मी अधिकारी,त्रिशिद्धेश्वरी यातयातका प्रकाश भट्ट् लगाएतले गित संगितको स्वरुप हेरेर श्रष्टा तथा संगितकारहरुलाई उचित मुल्य दिनुपर्ने बताए थिए ।

कार्यक्रमको सहजीकरण संगित रोयल्टी सकंलन समाज नेपालका कोषाध्यक्ष शशि शर्मा मज्गैयाले गरेका थिए ।

प्रकाशित मिति : २०७६ भाद्र ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *