२०८३ असार १३ गते शनिवार

दाङमा शनिवार सबैभन्दा धेरै अपराधिक घटना

तस्बिर : राजेश खत्री

दाङ, साउन २५ । शनिवारको दिन सबैभन्दा धेरै अपराधिक घटना हुने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङ्कले त्यो कुरा देखाएको छ । शुक्रावार घोराहीमा प्रहरीले गरेको बार्षिक समिक्षा कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले आर्थिक वर्ष २०५७५÷०७६ को अपराधको समिक्षा गर्दा सबैभन्दा धेरै अपराधिक घटना शनिवार भएको पाइएको जानकारी दिए ।

यो अवधिमा जिल्लामा ९ सय ५७ विभिन्न अपराधिक घटना दर्ता भएकोमा विश्लेशन गरेर हेर्दा शनिवारको दिन मात्रै १ सय ८७ वटा विभिन्न अपराधिक घटना घटेको पाइएको एसपी पाण्डेले बताए । समय हेर्दा बेलुका ६ बजेदेखि राति १२ बजेसम्म बढी जसो अपराधिक घटना हुने गरेको प्रहरीले जानकारी दिएको छ । शनिवार धेरै घटना घट्नुको मुख्य कारण भने मदिरा सेवन आदीलाई मान्न सकिने प्रहरीको विश्लेशन छ ।

त्यसैगरी महिना अन्तरगत माघ महिनामा सबैभन्दा धेरै अपराधिक घटनाहरु भएको प्रहरीको तथ्याङकले देखाएको छ । माघ महिनामा कुल १ सय ९ वटा अपराधिक घटना दर्ता भएको छ । जिल्लामा वितेको आर्थिक वर्ष २०७५÷०७६ मा २९ वटा बढी अपराधका घटना दर्ता भएको प्रहरी तथ्याङकले देखाउने गरेको छ ।

दुर्घटनाबाट भन्दा आत्महत्या गरि मर्नेको संख्या धेरै

वितेको आर्थिक वर्षमा २ सय ९ जनाले आत्महत्या गरेका छन् । विष सेवन गरेपनि उपचार पछि बाँच्न सफल संख्या त्यो भन्दा धेरै रहेको एसपी पाण्डेले जानकारी दिए । आत्महत्याको प्रयास गर्नेको संख्या हेर्दा भयावह हुने खालको हरेको एसपी पाण्डेले बताए । तर त्यो संख्या भने उनले खुलाउन चाहेनन् । आत्महत्याको घटनापनि सबैभन्दा बढी शनिवार नै भएको पाइएको छ । त्यस्तै महिना भने कात्तिक महिनामा सबै भन्दा धेरै २३ जनाले आत्महत्या गरेको पाइएको छ । उमेरको हिसावले ३१ बर्षदेखि ४५ बर्ष सम्मको बीचको उमेर समुहले सबैभन्दा धेरै आत्महत्या गरेको पाइएको प्रहरीले बताएको छ । विवाहित मानिसहरु पनि विभिन्न कारणले फस्टेसनमा गएर आत्महत्या गर्ने गरेको पाइएको प्रहरीले बताएको छ । जिल्लामा वितेको आर्थिक वर्षमा १० बर्षिया बालिकादेखि ७५ बर्षका जेष्ट नागरिकले समेत आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

सवारी दुर्घटनामा १०४ जनाको मृत्यु
दाङमा वितेको आर्थिक वर्षमा ६ सय ८० वटा सवारी दुर्घटनामा परेका छन् । त्यसमध्य गम्भीर खालको १ सय ८४ वटा सवारी दुर्घटना भएको र त्यसमा परि १ सय ४ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । वितेको आर्थिक वर्षमा ३४ हजार ५ सय १० वटा सवारी कारवाहीमा परेका छन् । मापेस कारवाहीमा ९ सय ५० जना परेको प्रहरीले बताएको छ ।

यो अवधिमा जिल्लामा सबैभन्दा धेरै जबरजस्ती करणीका घटना दर्ता भएको प्रहरीले बताएको छ । त्यसपछि आगुऔषध दुर्वेसनीका घटना दर्ता भएको छ । त्यसमध्य कति मुद्दा प्रहरी समक्ष नआई बीचमै मिलाउने गरेको तथा केही प्रहरीमा आएपनि बार्गेनिङका लागि समेत आउने गरेको पाइएको एसपी पाण्डेले बताए ।

प्रकाशित मिति : २०७६ साउन २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *