२०८३ मङ्सिर ९ गते मङ्गलवार

रोज राणा बने देउवा काँग्रेसभित्र लुम्बिनी प्रदेश सभापति


तुलसीपुर , मंसिर ८ ।


नेपाली कांग्रेस भित्र शेरबहादुर देउवा समुहको लुम्बिनी प्रदेश सभापतिमा प्यूठानका सरोज थापा (रोज राणा) सर्वसम्मत रुपमा चयन भएका छन् ।
त्यो समहुको १५औँ महाधिवेशन अन्तगर्त दाङको भालुबाङमा भएको अधिवेशन पछि सोमबार राति अबेर रोजको नाममा सर्वसम्मत सहमति भएको हो ।

रोज गत प्रदेशसभाको निर्वाचनमा प्यूठान (ख) बाट निर्वाचित भएका थिए । त्यसपछि उनी दुई पटक लुम्बिनीको मन्त्री पनि बने । चलचित्र क्षेत्रवाट उदाएका उनी देउवा संगको सम्बन्धकै कारण काँग्रेसको राजनीतिमा सक्रिय भएका थिए ।

रोजको कार्यसमितिमा पाल्पाका माधवप्रशाद नेपाल, कपिलबस्तुका डोलकराम घिमिरे र बाँकेकी माया पुन उपसभापति छन् ।
त्यस्तै महामन्त्रीमा रोल्पाका दुर्गाबहादुर खड्का, दाङका बमबहादुर डिसी र बर्दियाका गोबिन्दप्रशाद थारु सर्वसम्मत चयन गरिएका छन् ।
स्रोतका अनुसार बिषेश गरि सहमहामन्त्री पदमा आकाँक्षी धेरै भएका कारण सर्वसम्मत चयन गर्ने बारे सहमतिको प्रयास जारी छ ।
अन्य पदहरुमा भने लगभग सहमति जुटिसकेको बताइन्छ ।
प्रदेशका १२ वटै जिल्लाबाट प्रतिनिधित्व गराउने गरि कसरत भइ रहेको पनि सभापति थापाले बताए ।

लुम्बिनी प्रदेश कार्यसमिति झन्डै ११५ सदस्यीय हुने आँकलन गरिएको छ ।

प्रकाशित मिति : २०८३ मङ्सिर ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *