२०८३ कार्तिक १९ गते बुधवार

भाइले कोदालो प्रहार गरि दाइको हत्या गरे

दाङ, कात्तिक १८ ।

जाजरकोटमा भाइले कोदालो प्रहार गरि दाइको हत्या गरेका छन् ।


जिल्लाको जुनिचाँदे गाउँपालिका–८ पोखरीका ३० वर्षीय बले थापाले आफ्नै ठूलो बुबाका छोरा ४० वर्षीय भबिराम थापाको हत्या गरेका हुन ।
जिल्लाका प्रहरी प्रमुख डिएसपी बुद्धिसागर पुरीले मंगलबार बेलुकी करिब पौने ८ बजेतिर बाटोमा भाइले दाइमाथि कोदालो प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।


प्रहरीले भने राति करिब पौने १० बजेतिर मात्रै घटना बारे जानकारी पाएको थियो ।
हत्या आरोपी फरार बलेको खोज तलास जारी रहेको प्रहरीले जनाएको छ । उनको मानसिक सन्तुलन ठिक नभएको भन्ने बुझिएको प्रहरीले जनाएको छ ।
आक्रमणमा प्रयोग भएको कोदालो प्रहरीले बारीमा फालेको अवस्थामा फेला परेको जनाएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *