२०८३ कार्तिक १९ गते बुधवार

१ लाख बढी नगदसहित १० जुवाडे पक्राउ

दाङ, कात्तिक १८ ।


प्रहरीले मध्यराति होटेलमा छापा हानेर दश जना जुवाडेलाई पक्राउ गरेको छ ।


रोल्पाको रुन्टीगढी गाउँपालिका – ७ होलेरी हाट बजारको कम्पाउण्ड स्थानीय ५० बर्षीय दिलबहादुर खड्काले संचालन गरेको होटल भित्र जुवा खेलीरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीेले जनाएको छ ।


रोल्पा प्रहरी द्धारा सार्वजनिक बिवरण अुनसार पक्राउ पर्नेमा रोल्पा रुन्टीगढी गाउँपालिका –.६ का ३६ बर्षीय टोपबहादुर बोहरा, २१ बर्षीय प्रकाश बुढाथोकी, ३० बर्षीय शान्तराज रेउले, २३ बर्षीय कुलबहादुर रेउले, रुन्टीगढी – ७ का ५५ बर्षीय ज्ञानबहादुर थापा, ३६ बर्षीय महेन्द्र घर्ती, ३९ बर्षीय नरसिंह रोका, ५० बर्षीय दिलबहादुर खड्का, रुन्टीगढी – ५ का २४ बर्षीय देविराम बिक र रुन्टीगढी – ८ का ३२ बर्षीय नरबहादुर बस्नेत रहेका छन् ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी निरीक्षक मनिश थापाको कमाण्डमा दश जनाको प्रहरी टोलीले दश जुवाडेलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले जुवाको खालबाट एक लाख १७ हजार सात सय ५० रुपैयाँ र तीन गड्डी तासपनि बरामद भएको पनि जनाएको छ ।


पक्राउ परेकाहरुलाई बुधबार म्याद थपका लागि अदालतमा लैजाने तयारी भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *