२०८३ कार्तिक १९ गते बुधवार

डोल्पा कारागारबाट सुरुङ खनेर भागेका थप दुई कैदी पक्राउ

दाङ, कात्तिक १८ ।


डोल्पाबाट सुरुङ खनेर भागेका ८ कैदी मध्य चार जना कैदी पक्राउ परेका छन् ।

जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–७ घर भएका २९ वर्षीय कालीप्रसाद रोकाय र जाजरकोटको नलगाड नगरपालिका–९ घर भएका १९ वर्षीय कैलाश भनिने कपिल परियार पक्राउ परेका हुन ।
खोजतलास गर्ने क्रममा उनीहरु दुबै जना डोटीको त्रिपुरासुन्दरी नगरपालिका–४ रङ गाउँमा कमला बुढाको घरमा लुकिछिपी बसेको अवस्थामा बुधबार बिहान पक्राउ परेका थिए ।
रोकाया जबरजस्ती करणीसम्बन्धी कसुरमा ८ वर्ष कैद सजाय तोकिएका ब्यक्ति हुन भने परियार नकबजनी (चोरीसम्बन्धी) कसुरमा ३ वर्ष कैद सजाय भइ सजाय भुक्तान गरि रहेका ब्यक्तिहुन ।
यसअघि मंगलबार बिहान रुकुम पश्चिमबाट पक्राउ परेका थिए ।
रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर बिक र सल्यानको कुमाख गाउँपालिका – ५ का २८ बर्षीय रेशम राना पक्राउ परेका हुन । पक्राउ परेका दुबै जना जबरजस्ती करणी मुद्दामा जिल्ला कारागार डोल्पामा कैद भुक्तान गरि रहेका थिए ।
उनीहरु सबै १४ गते राति कारागारको सुरुङ खनेर भागेका थिए ।

संगै भागेका मध्य अझैं जबरजस्ती करणी कसुरमा सजाय काटीरहेकाहरु मध्य जाजरकोटको बारेकोट गाउँपालिका–१ का २५ वर्षीय यज्ञ विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ४ का २८ वर्षीय हरिबहादुर बुढापनि छन् ।
त्यस्तै चोरी मुद्दामा पक्राउ पछि पूर्पक्षका लागि थुनामा रहेका
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का ३८ वर्षीय तिलक भण्डारी र वडा नम्बर ३ का ३२ वर्षीय आदेश भण्डारीपनि संगै कारागार भित्र सुरुङ खनेर भागेका छन् ।
उनीहरुको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *