२०८३ कार्तिक १३ गते बिहिवार

घोराहीका ३९ बर्षीय रमेशको डुबेर मृत्यु

तुलसीपुर, कात्तिक १२ ।


दाङ घोराहीको कटुवाखोलामा डुेबर एक जनाको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका – १७ श्रीकृष्ण टोलका ३९ बर्षीय रमेश बिष्टको डुबेर मृत्यु भएको हो ।


दिउँसो सवा १२ बजेतिर घोराही – १५ कटुवाखोलास्थित पुलमुनीको तालमा डुबेर एक जना ब्यक्ति बेपत्ता भएको खबर पछि खोज तथा उद्धारमा खटिएको थियो ।
अचेत अवस्थामा उद्धार गरि नजिकैको राप्ती स्वास्थ्य बिज्ञानमा उनलाई पुर्‍याइएको थियो । चिकित्सकले साढे १ बजेतिर बिष्टलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


घटना बारे थप अनुसन्धान भइ रहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *