२०८३ कार्तिक १३ गते बिहिवार

१७ महिने बालकको बाल्टीको पानीमा डुबेर मृत्यु


दाङ, कात्तिक १२ ।


एक जना १७ महिनाका बालकको बाल्टीको पानीमा डुबेर मृत्यु भएको छ ।
यो घटना प्यूठानमा बिहीबार बिहान घटेको हो ।


प्यूठानको गौमुखी गाउँपालिका – ७ नारीकोटका शिवलाल थापाको १७ महिने छोरा कृष थापा आफ्नै घरमा खेल्ने क्रममा बाल्टीमा रहेको पानीमा डुबेर अचेत अवस्थामा फेला परेका थिए ।


बिहान पौने ८ बजेतिर अचेत अवस्थाका फेला परेका बालकलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको थियो । त्यहाँ चिकित्सकले चेकजांच पछि बिहान साढे ११ बजेतिर मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटना बारे थप अनुसन्धान भइ रहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *