
तुलसीपुर, कात्तिक १२ ।
बबई गाउँपालिका – ५ हापुरे बजारमा बुधबार बेलुकी बिद्युत सर्ट भइ पसलहरुमा भएको आगलागी पीडितलाई तुलसीपुरस्थित राप्ती परोपकार संघ नेपालका पदाधिकारी पुगेर आर्थिक साहेता गरेका छन् ।
सारिका सृङगार एन्ड गिफ्ट पसलका संचालकलाई ५१ हजारको चेक र ओम गंगा किसान पसलका संचालकलाई २१ हजार आर्थिक साहेता प्रदान गरिएको हो ।
राप्ती परोपकार संघका अध्यक्ष संजयकुमार पराजुलीले पीडितको चहराइ रहेको घाउमा तत्काल भएपनि सानो तिनो मलमह लगाउने उदेश्यका साथ बिहान हापुरे पुगेर आर्थिक साहेता प्रदान गर्न पाउँदा खुसी लागेको बताए ।
संघका उपाध्यक्ष गोरखबहादुर वलीले आगजनी बाट पसल संचालकहरुको लाखौंको क्षति भएको हुँदा सबै उद्योगी ब्यबसायीलाई आर्थिक साहेताका लागि हातेमालो गर्दै उनीहरुका चहराइ रहेका घाउहरुमा मलम पट्टी लगाउन आग्रह गरे ।
आगलागीबाट प्रभावित दुवै पसलका सञ्चालकलाई राहत र्पुयाउने उद्देश्यले संघका पदाधिकारी तथा सदस्यहरुले आपसमा मिलेर संकलन गरेको कुल ७२ हजार साहेता गरेका हुन ।
कस्ले कति सहयोग संकलन गरेका थिए ?
१– सुरेश हमाल — संरक्षक, राप्ती परोपकार संघ, नेपाल – ११,०००
२– सञ्जयकुमार पराजुली — अध्यक्ष –५,१००
३– गोरखबहादुर वली — उपाध्यक्ष – ५,१०५
४– क्षेत्रबहादुर भण्डारी — कोषाध्यक्ष – ५,१००
५– राघव देवकोटा — सचिव – २,५००
६– सन्तोष चौधरी — ५,०००
७ – जितेन्द्र वली — ५,१००
८– ओहित सिद्दिकी — १०,०००
९ – प्रमोद सोनी — ५,१००
१०– गणेश भण्डारी — २,५०५
११ – पुर्ण चौधरी — २,५०५
१२ –कमल डाँगी — ५,०००
१३– वीरेन्द्रकुमार शाह — ५,५००
१४– अर्जुन भट्टराई — २,५००
हापुरे बजारमा आगलागी बाट २ पसलमा लाखौंको क्षति , अर्कौ एक पसलमा आंशिक क्षति

हापुरेमा बुधबार बेलुकी भएको लागलागीमा परि दुई वटा पसलमा लाखौंको क्षति भएको छ । अर्कौ एउटा पसलमा भने आँशिक क्षति भएको छ । क्षतिको अन्तिम बिवरण संकलन हुन बाँकी रहेको स्थानीय प्रहरी प्रशासनले जनाएको छ ।
आगलागी बाट बबई गाउँपालिका – ५ स्थित सारिका सृङगार पसलबाट बिद्युत सर्ट भइ लागेको आगोले संगै सटेको ओम गंगा किराना पसलमा ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ ।
सृङगार पसल पूर्ण रुपमा जलेर नष्ट भएको छ भने किराना पसलको ८० प्रतिसत भाग जलेर नष्ट भएको छ । प्रहरीका अनुसार नजिकै रहेको सकिल कष्मेटिक स्टोरमा रहेको सामान निकाल्ने क्रममा जलेर क्षति भएको छ । सृङगार पसल गौरी घर्तीको हो भने किराना पसल भोमप्रशाद भण्डारी र कष्मेटिक स्टोर सहिता खातुनको हो ।
हापुरेको आगो निभाउनका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीको नेतृत्वमा २१ ज्ना, सुरक्षा बेस तुलसीपुरबाट डिएसपीको नेतृत्वमा १३ जना, इलाका प्रहरी कार्यालय खिलतपुर बाट १५ जना, इप्रका हापुरेबाट ९ जना र स्थानीय सर्वसाधारण गरि झन्डै दुई सय जना खटिएका थिए ।
तुलसीपुर पश्चिमका चार पालिका कसैसंग पनि दमकल नभएको हुँदा घोराहीबाट दमकल मागिएको थियो । घोराहीको दमकल हापुरे पुग्दा राति साढे १० बजी सकेको थियो । स्थानीयका अनुसार जतिखेर आगो लगभग नियन्त्रण उन्मुख थियो ।
