दाङ , कात्तिक ५ ।
मोटरसाइकल दुर्घटनामा परि बाबु छोरा बितेका छन् ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका –८ का ६२ वर्षीय देवीराम आचार्य र उनका २३ वर्षीय छोरा बिबेक आचार्यको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको हो ।
जिल्लाका बरिष्ठ सइ रामनारायण चौधरीका अनुसार सन्धीखर्क सडक खण्ड अन्तर्गत भूमिकास्थान –२ भूमेकाथानमा लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।
मोटरसाइकल बुधबार राति नै दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
उनीहरु काठमाडौंबाट पुर्खेउली घरमा दसैंको टीका थाप्नका लागि जाँदै थिए । तर, उनीहरु पुर्खेउली घरमा पुग्न पाएनन् । घरमा नपुगेपछि खोजी गर्ने क्रममा बिहान बाबु छोरा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा डिएसपी दिवस जिसी आँफै खटिएका छन् ।
घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८३ कार्तिक ६ गते बिहिवार
