२०८३ असोज १० गते शनिवार

दाङ –सल्यान सडक खण्ड अवरुद्ध

दाङ, असोज १० ।


अबिरल बर्षापछि झरेको पहिरोका कारण दाङ– सल्यान सडक खण्ड अवरुद्ध भएको छ ।
सल्यानको कपुरकोट गाउँपालिका – ५ खारखोलामा गएराति साढे १० बजेतिर झरेको पहिरोका कारण राप्ती राजमार्ग अवरुद्ध बन्न पुगेको हो ।
पहिरो पंछाएर सडक खण्ड सूचारु गराउने प्रयास जारी रहेको पनि प्रहरीले जनाएको छ ।
लगातारको बर्षा पछि झरेको पहिरोका कारण सल्यानको लुहाम– कालीमाटी सडक खण्ड अवरुद्ध भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका – ३ ढुँगेबगरमा शनिबार बिहान झरेको पहिरोका कारण सडक खण्ड अवरु बनेको हो ।


कर्णाली प्रदेश प्रहरी प्रबक्ता एसएसपी सन्तोषसिंह राठोरका अनुसार सल्यान – सुर्खेत सडक खण्डपनि पहिरोका कारण अबरुद्ध भएको छ । जिल्लाको बनगाड कुपिन्डे नगरपालिका – ८ र्‍यालेमा बिहान झरेको पहिरोका कारण सो सडक खण्ड अवरुद्ध हुन पुगेको हो ।
अबिरल बर्षा पछि झरेको पहिरोका कारण रुकुमस्थित मध्य पहाडी लोकमार्गपनि अवरुद्ध बन्न पुगेको छ । कर्णाली प्रहरी प्रबक्ता राठोरका अनुसार शनिबार बिहान ७ बजेतिर रुकुम पश्चिमको सानीभेरी गाउँपालिका – २ सिम्लेखोलामा झरेको पहिरोको कारण मध्य पहाडी लोकमार्ग अबरुद्ध बनेको हो ।

त्यस्तै कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका – ७ औलिसेमा शनिबार बिहान झरेको पहिरोका कारण सडक खण्ड अवरुद्ध बन्न पुगेको छ ।
सुर्खेतदेखि हुम्ला जाने कर्णाली करिडोरपनि पहिरोका कारण अवरद्ध बन्न पुगेको छ । हुम्लाको सर्केगाड गाउँपालिका – १ खच्चामा बिहान झरेको पहिरोका कारण उक्त सडक खण्ड अवरुद्ध छ ।
कालीकोट सडक खण्डपनि पहिरोका कारण अवद्ध बन्न पुगेको छ ।
प्रदेश प्रहरी प्रबक्ता राठोरका अनुसार शुक्रबार बेलुकी साढे ७ बजेतिर जिल्लाको शुभकालिका गाउँपालिका –१ गगने खोलामा आएको बाढीका कारण कर्णाली राजमार्ग अवरुद्ध छ ।

प्रकाशित मिति : २०८३ असोज १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *