
तुलसीपुर, असोज ७ ।
तुलसीपुर उपमहानगरपालिका – १६ वाट २१ बर्षीया जुली पोख्रेल नेपाली काँग्रेसको क्षेत्रिय प्रतिनिधि चयन भए संगै अब महाधिबेशन प्रतिनिधिमा भिड्ने तयारी गरि रहेकी छन् ।
काँग्रेसको १५औं महाधिबेशन अन्तर्गत पोख्रेल ३५ वर्ष मुनीको युवा महिला अन्तर्गत शनिबार निर्विरोध रुपमा क्षेत्रिय प्रतिनिधिमा चयन भएकी थिइन ।
दाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ र प्रदेश निर्वाचन क्षेत्र २ (ख) अन्तर्गत तुलसीपुर – १६ बाट निर्विरोध निर्वाचित उनी नेपाल ल क्याम्पसमा बिए एलएलबीको ७औं सेमेष्टरमा अध्ययनरत छिन । उनी त्यस क्याम्पसको निर्वाचित स्ववियू सदस्यपनि हुन । स्ववियू बाटै राजनीतिक यात्रा सुरु गरेकी जुली अबको काँग्रेसमा युवाको नेतृत्व सशक्त रुपमा हुन जरुरी रहेको बताउँ छिन ।
‘अहिलेको प्रबिधि मैत्री दुनियांमा पढे लेखेका युवाहरुले मात्रै देश रुपान्तरण गर्न सक्ने संभावना छ,’ उनले भनिन् ‘ मुलुकको हरेक राजनीतिक रुपान्तरणमा अनवरत संघर्षरत पुरानो पार्टी बाटै थप रुपान्तरण गर्न संभव छ भन्ने मलाई लाग्छ ।’
समग्र देश बिकासमा युवाको अनिवार्य उपस्थित आवश्यक रहेको भन्दै उनले अब आँफुले महाधिबेशन प्रतिनिधिका लागि उम्मेदवारी दिने निश्चय गरेको बताइन ।
‘म कसैको प्रतिद्वन्द्वी र प्रतिष्पर्धि होइन बरु म आफ्नै प्रतिष्पर्धी हुँ,’ उनले भनिन् ‘ मजबुत काँग्रेस , युवामय काँग्रेस बनाउन तथा युवाले पार्टी र देश मज्जाले हांक्न सक्छन भन्ने नमुना प्रस्तुत गर्न मेरो उम्मेदवारी हो ।’
काँग्रेस संग आफ्ना घर परिवारको लामो राजनीतिक नाता रहेको हुँदा समय अनुसार सशक्त काँग्रेस बनाउन आँफुले महाधिबेशन प्रतिनिधिमा उम्मेदवारी दिने निर्णय गरेको उनले बताइन । उनकी आमा सावित्री शर्मा हाल १५औं अधिवेशन बाट पनि क्षेत्रिय प्रतिनिधि चयन भएका छन् ।
