दाङ , भदौ २० ।
सुर्खेतमा मोटरसाइकल दुर्घटनामा परि एक युवकको मृत्यु भएको छ ।
जिल्लाको बराहताल गाउँपालिका – ४ तरङ्गाका १९ बर्षीय जिवनबहादुर शाहीको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो ।
शाही सवार क.प्र.०२००२ प १३९९ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भइ बीरेन्द्रनगर नगरपालिका – ९ पिपलडाँडास्थित डिभाइडरमा ठोक्किर दुर्घटनामा परेको थियो । लाटिकोइली चोकबाट मंगलगढी चोकतर्फ जाँदै गर्दा शुक्रबार राति ११ बजेतिर उनी दुर्घटनामा परेका थिए ।
गम्भीर घाइते शाहीलाई उद्धार गरि कर्णाली प्रदेश अस्पताल कालागाँउ पुर्याइएको थियो । थप उपचारका लागि शनिबार बिहान ३ बजेतिर बाँकेको नेपालगंजस्थित न्यूरो अस्पताल पुर्याइएको थियो । फेरि बिहान सवा ९ बजेतिर पुनः सुर्खेतस्थित कालागाउँ अस्पतलामा ल्याइएको थियो ।
त्यँही उनको मध्यान्ह १२ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८३ भाद्र २० गते शनिवार
