२०८३ भाद्र १६ गते मङ्गलवार

सरकारी जागिरमा नाम निकालेको ५ महिनामै बाढीमा बिते २१ बर्षीय आयुष खड्का


दाङ, भदौ १५ ।

सल्यानको बाग्चौर नगरपालिका–१० पिपलनेटाका २१ वर्षीय आयुष खडकाको सरकारी जागिरमा नाम निकालेर रसुवा गएको ५ महिनामै भोटेकोशी बाढीमा परि मृत्यु भएको छ । उनी परिवारका एक्ला छोरा थिए ।

भोटेकोशीमा आएको बाढीका कारण भदौ १० देखि बेपत्ता उनको शब आइतबार चितवन अस्पतालमा फेला परेको थियो । काठमाडौं बाट काका गइ शबको पहिचान गरेका थिए ।
आफन्तले आयुषको सोमबार देवघाटमा आफ्नो धार्मिक परम्परा अनुसार अन्तिम संस्कार गरेका छन् ।
देवघाटमा आयुषको अन्त्येष्टि चलिरहँदा आमा मुना र बहिनी आयुषा अर्धमूर्छित अवस्थामा थिए । अन्त्येष्टिमा सहभागी आफन्तले उनीहरूलाई सम्हालेका थिए ।


आयुषले गत चैतमा मात्रै लोकसेवा आयोगबाट खरिदार पदमा नाम निकाले पछि नयाँ बर्षदेखि कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन कार्यालय, टिमुरेमा पोष्टिङ भइ काम सुरु गरेका थिए । तर, दुभाग्र्य परिवारका एक्ला छोरा उनै आयुषको सरकारी जागिरमा नाम निकाली पहिलो पोष्टिङ भएको ५ महिनामै भोटेकोशीमा आएको बिनानकारी बाढीमा परि मृत्यु भएको खबर पछि घर परिवार, आफन्त र साथीहरु शोकमा डुबेका छन् ।
बागचौर–१० का वडाध्यक्ष ज्ञानप्रकाश शर्मा धितालले एक्ला सन्तान र त्यसमा पनि ५ महिना पहिले मात्रै पहिलो पोष्टिङमा रसुवा पुगेका आयुषको मृत्युको खबरले पिपलनेटा शोकमा डुबेको बताए ।

छोराको मृत्युको खबर पछि आयुषका बाबु कृष्ण खडका र आमा मुना खड्का अर्धचेत अवस्थामा छन् ।
आयुषका साँइला काका रमेश खड्काका अनुसार आयुष भदौ ११ गते काठमाडौं जाने तयारीमा थिए । त्यो खबर आयुषले घरमा आमा बुवालाई पनि दिएका थिए । भदौ १२ गते काठमाडौं पुगेर त्यहाँ बाट सल्यानको पिपलनेटास्थित घरमा जाने तयारीमा रहेका आयुष त्यसको अघिल्लो दिन भदौ १० गते बिहान बिनासकारी बाढीमा परी बेपत्ता थिए ।
एक्ला छोरा आयुष बाढीमा परि बितेपछि अब कृष्ण र मुनाबाट एक छोरी उनीहरुको साथमा छिन् ।

प्रकाशित मिति : २०८३ भाद्र १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *