२०८३ भाद्र ६ गते शनिवार

तुलसीपुरमा निजी बिद्यालयका प्रअको भेला

तुलसीपुर, भदौ ६ ।


निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) तुलसीपुर नगर समितिको आयोजनामा प्रधानाध्यापक भेला भएको छ । शनिबार तुलसीपुर –७ स्थित अमर इङलिस स्कुलमा भेला भएको हो ।


प्याब्सन दाङले आगामी असोज ९, १० र ११ गते आयोजना गर्ने भनिएको ‘जर्र्नी टू जिनिअस एक्स्पो २०८३’ को बारेमा भेला केन्द्रित थियो।
भविश्यमा आयोजना हुने भनिएको एक्स्पोमा सहभागिता जनाउन बिद्यालयले के कस्ता सामग्री तथा प्रस्तुति राख्न सक्छन ? भन्ने बारेमा छलफल भएको थियो ।

त्यसक्रममा प्राज्ञिक परिषद् सदस्य यादव गिरीले आयोजना हुने एक्स्पोको उदेश्य बारे प्रकाश पारेका थिए ।


भेलामा प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपाने, प्रमुख सल्लाहकार मधुसुदन केसी लगायतले धारणा राखेका थिए ।
प्याब्सन तुलसीपुरका अध्यक्ष डम्बर डाँगीको अध्यक्षतामा भेला भएको थियो ।
उपाध्यक्ष विष्णु योगीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सचिव कमल सापकोटाले गरेका थिए ।

प्रकाशित मिति : २०८३ भाद्र ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *