२०८३ असार १४ गते आइतवार

 उत्कृष्ट सेवा प्रवाह गर्नु प्रमुख दायित्व मुख्य न्यायाधिश सुवेदी


दाङ, साउन १५ । उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नहकुल सुबेदीले नागरिकहरुलाई न्यायोचित तरिकाले उत्कृष्ट सेवा प्रवाह गर्नु राष्टसेबक कर्मचारीको प्रमुख दायित्व रहेको बताए । अफिसर्स क्लव तुलसीपुरले आज बिहान गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् । बिदाई कार्यक्रममा बोल्दै मुख्य न्यायाधीश सुबेदीले भन्नु राष्ट्रसेवक कर्मचारी मुख्य काम राज्यले आफुलाई सुम्पेको जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गर्नु हो ।

थोरै बचेको समय व्यवस्थापन गरी सामाजिक काममा लगाउन सके आफुलाई नै समाज प्रतिको जिम्मेवारी अभैm बढ्ने उनको भनाई छ। क्लवका गतिविधीहरु सहानिय छन यसलाई अझै सक्रियता पूर्वक अगाडी बढाउन र आफु सरुवा भएर गएपनि यसलाई अगाडी बढाउन , सुझाव, सल्लाहा प्रदान गरिरहने उनको भनाई छ।

सोही अबसरमा बोल्दै क्लवका संरक्षक तथा सरुवा भएर जान लाग्नु भएका उच्च अदालत तुलसीपुरका न्यायधिश रामबहादुर थापाले क्लवका माध्यमबाट सामाजिक गतिबिधीलाई अगाडी बढाउँन बार्षिक रुपमा क्यालेण्डर बनाउनु पर्ने बताए । सोहि अबसरमा बोल्दै क्लवका संरक्षक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले सरुवा नियमित प्रकृया रहेको र जहाँ गएपनि राष्टसेवक कर्मचारीले नागरिकहरुलाई छिटो छरितो प्रभाबकारी सेवा प्रदान गर्नु पर्ने बताए । सो अबसरमा प्रमुख जिल्ला अधिकारी गाबिन्द प्रसाद रिजालले मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधिश राम बहादुर थापालाई मायाँको चिनो , पुष्प गुच्छा प्रदान गरेका थिए ।

सोहि अबसरमा क्लवका संरक्षक तथा नेपाली सेना १९ नम्बर बाहिनी अड्डा तुलसीपुरका बाहीनीपति सहायक रथि शुशिल कुमार भण्डारी, राष्ट्रिय बाणिज्य बैक तुलसीपुरका प्रमुख गोपाल आचार्यलाई स्वागत गरिएको छ। क्लवका कार्यबाहक अध्यक्ष नारायणी रजौरेको अध्यक्षता मा भएको कार्यक्रमको सहजीकरण क्लवका महासचिब लिला शर्मा, र सहजीकरण क्लवका सदस्य कमल घलेले गरेका थिए ।

प्रकाशित मिति : २०७६ साउन १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *