तुलसीपुर, साउन २० ।
नेपाली काँग्रेसकी नेतृ तथा महिला अधिकारकर्मी शुष्मा लामिछाने गिरीलाई मातु शोक परेको छ ।
लामिछानेकी ममतामयी आमा भिमादेबी लामिछानेको उपचारका क्रममा साउन १९ गते राति काठमाडौंस्थित ग्रान्डी हस्पिटलमा मृत्यु भएको पारीवारिक स्रोतले जनाएको छ ।
मृतक लामिछानको शब काठमाडौंबाट दाङको तुलसीपुर उपमहानगरपालिका – ६ रजौरास्थित घरमा ल्याइदै छ । केही बेरमै शब आइ पुग्ने र बुधबार नै तुलसीपुरको सितलपुरस्थित बबइ घाटमा अन्तिम संस्कार गरिने पारीवारिक स्रोतले जनाएको छ ।
मृतक भिमादेवीका श्रीमान, दुई छोरी र एक छोरा छन् ।
प्रकाशित मिति : २०८३ साउन २० गते बुधवार
