२०८३ साउन १९ गते मङ्गलवार

जंगली च्याउ खाँदा एक जनाको मृत्यु, अर्काको उपचार जारी

दाङ , साउन १९ ।


बाजुरामा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको बडीमालीका नगरपालिका –७ धम्कनेका ५१ बर्षीय रामे थापाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रबक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए ।


च्याउ खाएर उनकी श्रीमति ५० बर्षीया नाम्सरी थापा गम्भीर बिरामी परेकी छन् । उनको जिल्ला अस्पताल मार्तडीमा उपचार जारी छ ।
यी दम्पत्तिले सोमबार बेलुकी साढे ४ बजे स्थानीय जंगलबाट खोजेर ल्याएको च्याउ खाएका थिए । गम्भीर बिरामी परेका दम्पत्तिलाई राति सवा १० बजेतिर जिल्ला अस्पताल मार्तडी पुर्‍याइएको थियो ।
उपचारका क्रममा राति पौने ११ बजेतिर चिकित्सकले श्रीमान रामे थापालाई मृत घोषणा गरेका थिए । नाम्सरीको अवस्थापनि गम्भीर रहेको र उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *