
दाङ , साउन १९ ।
प्यूठानको झिमरुक नदीमा एक जना महिलाको शब फेला परेको छ । जिल्लाको झिमरुक गाउँपालिका–२ गडेरपानीकी २६ वर्षीया बेदना थापाको शब सोमबार नदीमा फेला परेको हो । झिमरुक –५ ढाड बजारस्थित झिमरुक नदीमा दिउँसो उनको शब फेला परेको हो ।
प्यूठानका प्रमुख डिएसपी नरहरी अधिकारीका अनुसार थापा बिहान साढे १० बजे गाउँकै छिमेकी २० बर्षीया युवक सन्तोष केसी संगै बसमा चढेर एक महिनाकी छोरीको उपचारको लागि भनेर ढाडस्थित अस्पतालमा पुगेकी थिइन । सन्तोषलाई सहयोगको लागि थापाको घर परिवारले नै पठाएका थिए । थापामा मानिसिक समस्या थियो भन्ने खुलेको डिएसपी अधिकारीले बताए ।
ढाडस्थित स्वास्थ्य चौकीमा उपचार गराउन भनेर गाडी बाट ओर्लिए पछि थापाले आँफु सौच जाने भन्दै केसीलाई छोरी समात्न दिएकी थिइन । तर, उनी साढे १२ बजेसम्म पनि फर्किनन् । त्यसपछि केसीले इलाका प्रहरी कार्यालय ओखरकोटमा त्यसबारे खबर गरेका थिए । सूचनाका आधारमा ओखरकोट बाट प्रहरी सहायक निरीक्षक निर्दोष जिसीको नेतृत्वको टोली थापाको खोजीमा निस्किएको थियो ।
खोजी गर्ने क्रममा उनी नदीमा मृत अवस्थामा फेला परेकी थिइन । थापाले नदीमा हाम फालेर ज्यान लिएको अनुमान प्रहरीको छ । जिप्रका सल्यानबाट प्रहरी निरीक्षक गणेश ज्ञवाली नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान गरि रहेको छ ।
डिएसपी अधिकारीका अनुसार थापाका श्रीमान घरमै छन् । उनका थप दुई बच्चाहरु पनि छन् । घर परिवारले थापा मानसिक सन्तुलनमा केही समस्या रहेको भन्ने कुरा प्रहरीलाई अवगत गराएका छन् ।
घटना बारे थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।
