२०८३ साउन १७ गते आइतवार

र्पौडीखेल्न गएका १२ बर्षे बालकको डुबेर मृत्यु

दाङ , साउन १७ ।

आइतबार दिउँसो खोलामा पौडी खेल्न गएका एक जना बालकको डुबेर मृत्यु भएको छ ।
कैलालीको गौरीगंगा नगरपालिका – ८ का १२ बर्षीय सलिम धामीको दिँउँसो स्थानीय लिक्मा खोलामा डुबेर मृत्यु भएको हो ।
जिल्लाका निमित्त प्रबक्ता प्रहरी निरीक्षक कैलाससिंह बिष्टका अनुासर धामी आफ्ना चार जना साथीहरु सहित खोलामा पौडी खेल्न भनेर गएका थिए ।
तर, पौडी खेल्ने क्रममा धामी डुबी बेपत्ता भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय मसुरिया बाट खटिएको प्रहरीले धामीलाई अचेत अबस्थामा उद्धार गरि केबी सौगात पोलिक्लिनिक बढैपुरमा पुर्‍याँदा चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरी निरीक्षक बिष्टले बताए ।

प्रकाशित मिति : २०८३ साउन १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *