२०८३ साउन १२ गते मङ्गलवार

जिप दुर्घटना हुँदा चालकसहित १२ जना घाइते


दाङ , साउन १२ ।

मंगलबार बिहान भएको जिप दुर्घटनामा परि चालकसहित १२ जना घाइते भएका छन् ।
घाइते मध्य ४ जनाको अबस्था गम्भीर रहेको छ । बिहान १० बजेतिर सुर्खेतको लेकबेसी नगरपालिका ५ र ६ को सिमाना हलकन्डरा भन्ने स्थानमा डाँडागाउ बाट दशरथपुर तर्फ जाँदै गरेको भे. १ ख ५४० नम्बरको यात्रु बहाक मुस्ताङ जिप दुर्घटनामा परेको थियो । जिप उकालोमा ब्याक भई सडकमा पल्टिएर दुर्घटना भएको थियो ।


त्यो दुर्घटनामा परि सुर्खेतको लेकबेसी नगरपालिका – ६ की २२ बर्षीया सुष्मा कार्र्की , २६ बर्षीया तिल्सरा सिरिस, ७० बर्षीया अमृता कार्की र अन्दाजी ७० बर्षीया खगिसरा बिकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरु सबैलाई उपचारको लागि माया नर्सिङ होम सुर्खेत तर्फ पठाइएको छ ।


सोही दुर्घटनामा परि लेकबेसी– ६ कै ७ बर्षीय दर्शन बिक, २५ बर्षीया जुना सुनार, ३० बर्षीया उमा राना, २३ बर्षीया मिना परियार घाइते भएका छन् । उनीहरु सबैको अवस्था मध्यम रहेको तथा उपचारका लागि माया नर्सिङ होम तर्फ पठाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै दुर्घटनामा परि लेकबेसी– ४ का चालक २३ बर्षीय दिपेश पुन, लेकबेसी – ६ की अन्दाजी २८ बर्षीया गिता सुनार, २७ बर्षीया दिलमाया र २८ बर्षीया समिक्षा बिकपनि घाइते भएका छन् । प्रहरीका अनुसार उनीहरुको अवस्था सामान्ने छ । उनीहरुको स्थानीय मेडिकल दशरथपुर उपचार भइरहेको छ ।
जिप दुर्घटना बारे थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८३ साउन १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *