
दाङ, असार १८ ।
जुम्लामा चट्याङले एक जना १८ बर्षीय युवकको मृत्यु भएको छ । थप दुई जना घाइते भएका छन् । चट्याङले २३ वटा भेडापनि मरेका छन् ।
भेडा बाख्रा चराउन पाटनमा गएका हिमा गाउँपालिका–२ का १८ बर्षीय रबिन्द्र रावतको बुधबार बेलुका चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको थियो । एनसियल टावर नजिकै चट्याङ पर्दा २३ वटा भेडापनि मरेका थिए ।
चट्याङले लागेर स्थानीय २० बर्षीय बलबहादुर रोकाया र ३५ बर्षीय जगत रोकाया सामान्ने घाइते भएका थिए ।
घाइते मध्य जगत रोकाया बिहीबार बिहान एकासी बेहोस भएपछि उपचारको लागि हिमा गाउँपालिकाको एम्बुलेन्स बाट कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला तर्फ पठाइएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक निर्देश बरालले जानकारी दिए ।
चट्याङले मृतक रबिन्द्र रावतका १० वटा बिर्ख रोकायाको ३ वटा , रामबहादुर रोकायाका ३ वटा, जगत रोकायाका ५ वटा, खड्क रोकायाका २ वटा गरी कुल २३ वटा भेडा मरेको प्रहरीले जनाएको छ ।
चट्याङ पछि आत्तिएर भागेका मध्य २२७ वटा भेडा भने बिहान सकुशल फेला परेका थिए ।
बुधबार दिउँसो ४ बजेतिर परेको चट्याङ बारे प्रहरीले बेलुकी साढे ८ बजेमात्रै सूचना पाएको थियो ।
त्यस्तै बधुबार दाङमा पनि चट्याङले लागेर एउटा भैंसी मरेको छ । बुधबार बेलुकी साढे ५ बजेतिर परेको चट्याङले दाङको दंगीशरण गाउँपालिका – ४ मौलीमा गाभिनो भैंसी घटनास्थलमै मरेको जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठले बताए ।स्थानीय पबित्रा बोहराको उक्त भैंसी चरणका लागि पगा लगाइ राखेको समयमा चट्याङले लागेर मरेको प्रहरीले जनाएको छ ।