दाङ, असार १२ ।
प्यूठानमा पार्किङ गरि राखेको कारको मुनी एक जना ब्यक्ति मृत फेला परेका छन् ।
जिल्लाको झिमरुक गाउँपालिका –४ कौसीका ४२ बर्षीय लालमणि पोख्रेल कारको मुनी भुइमा सुतिरहेको अवस्थामा मृत फेला परेका हुन । पोखरेल प्युठान नगरपालिका –४ जुम्री स्थित यमुना होटल अगाडि नजिकै रोकी राखेको प्रदेश ३–०२४ च ०७३२ नम्बरको कारको बायाँ साइडको पछाडिको टायर नजिकै मृत फेला परेका थिए ।
शुक्रबार दिउँसो साढे ३ बजेतिर स्थानीयले कारको मुनी सुतिरहको अवस्थामा मानिसको मृत्यु भएको भन्ने सूचना दिएपछि इलाका प्रहरी कार्यालय बिजुवार बाट प्रहरी निरीक्षक महेश्वरी बिष्टको नेतृत्वमा प्रहरी टोली पुगेको थियो । घटना बारे थप अनुसन्धा भइ रहेको पनि प्रहरीले जनाएको छ । शब पोष्ट मार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ ।
प्रकाशित मिति : २०८३ असार १२ गते शुक्रवार