
तस्बिर : राजेश खत्री
तुलसीपुर, साउन ११ । सामाजिक संजाल फेसबुक चलाउने केहि सक्रिय युवाहरुले फेसबुकमा ग्रुप बनाएर फेसबुकबाट करिब ४ वर्ष अघि दारी ग्याङ स्थापना भएको हो । दारी ग्याङ अहिले देशका २८ ओटा भन्दा बढी जिल्लामा सामाजिक क्षेत्रमा कार्यक्रम गरिरहेको छ।
सामाजिक क्षेत्रमा कार्यक्रम गरिरहेको दारी ग्याङ दाङमा पनि बिस्तार भएको हो। आज दारी ग्याङ दाङको पहिलो भेला सम्पन्न भएको छ ।भेलाले दारी ग्याङका पश्चिम प्रतिनिधि तथा दारी ग्याङ धनगढी संयोजक दिनेश बोहराको उपस्थितिमा दारी ग्याङ दाङको संयोजकमा नारायण गौतमलाइ सर्वसम्मतले चयन गरिएको छ । ग्याङको पहिलो भेलामा ३३ जना सदस्यहरको सहभागीता रहेको थियो भने कार्यक्रमको सहजीकरण रबिन्द्र उपाध्यायले गरेका थिए।
प्रकाशित मिति : २०७६ साउन ११ गते शनिवार
हाम्रो हिजो भएको दारी ग्याङको प्रथम भेला भएको थियो त्यस्को विडियो अपलोड गर्दिनुस न