२०८१ बैशाख २० गते बिहिवार

मुख्यमन्त्री महराको मन्त्रालयको संख्या ११ पुग्यो


दाङ, बैशाख ६ । लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार सरकार बिस्तार गर्दै आफ्नो मन्त्रीमण्डल ११ सदस्यीय पु¥याएका छन् ।
२३ चैत गते ४८ सांसदको हस्ताक्षरसहित उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।


महराले सत्ता गठबन्धनका चार दल एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद खड्ग बस्नेतका बीचमा चैत २२ गते नै ७ बुँदे सहमति गरेका थिए ।


जसमा जनता समाजवादी पार्टीलाई दुई , नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदलाई एक–एक मन्त्रालय दिने सहमतिमा उल्लेख छ । सोही सहमति अनुरुप एकीकृत समाजवादीकी सांसद भगवती अधिकारी अन्तिम समयमा आएर मन्त्री बनाइएकी हुन ।
अन्तिम समयसम्म सांसद अधिकारीले मुख्यमन्त्री महराप्रति रोष व्यक्त गर्दै आएकी थिइन ।

चार दलबीच भएको लिखित सहमतिमा जसपालाई दुई मन्त्री दिने सहमति छ । दुई मन्त्रालय नपाएपछि जसपा रुष्ट बनेको छ ।
जसपा प्रदेश अध्यक्ष अशोक यादवले शुक्रबार बैठक बसेर सरकारमा बस्ने कि नबस्ने भन्ने बारे अन्तिम निर्णय हुने फरककोणलाई बताए । बिहीबार जसपाका सांसद भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइ सकिएको छ ।


बिहीबार मन्त्री बनाइएका मध्य एमालेका दिनेश पन्थी, अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्री सबै बिनाबिभागिय हुन । त्यस्तै नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी, स्वतन्त्र सांसद खड्गबहादुर बस्नेत र एकीकृत समाजवादीका भगवती अधिकारीपनि विना विभागीय मन्त्रीका रुपमा सपथ लिएका हुन ।

मुख्यमन्त्री महराले एमालेले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई अर्थ, माओवादीका दिपेन्द्र पुनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन ।

प्रकाशित मिति : २०८१ बैशाख ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *