२०८१ बैशाख २२ गते शनिवार

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं,बैशाख १२ । सर्वोच्च अदालतको आदेश पश्चात् अन्त्तत:नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ।

आज संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै सर्वोच्चको आदेश अनुसार सांसद गुरुङको निलम्बन फुकुवा गरेको जानकारी दिएको हो ।

गत चैत १६ गते न्यायाधीशहरू मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले निलम्बन फुकुवाको आदेश दिएको थियो ।

मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित कांग्रेसका सांसद गुरूङ २०७९ पुस १२ गते निलम्बनमा परेका थिए ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुरूङविरूद्ध २०७५ माघ २१ गते भ्रष्टाचार मुद्दा दर्ता गरेपछि संसद सचिवालयले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २ ९घ० र दफा ३३ बमोजिम मुद्धाको अन्तिम किनारा नभएसम्म स्वतः निलम्बन गरेको थियो।

प्रकाशित मिति : २०८१ बैशाख १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *