२०८१ बैशाख २४ गते सोमवार

आगलागीबाट एक बृद्धाको मृत्यु


दाङ, वैशाख ९ । रुकुम पश्चिममा घरमा लागेको आगोबाट एक बृद्धाको मृत्यु भएको छ ।


जिल्लाको बाफिकोट गाउँपालिका – ३ मा स्थानीय ७१ बर्षीया बुदी कामीको आगलागीबाट आइतबार दिउँसो मृत्यु भएको छ ।


स्थानीय भत्नीगारे सामुदायिक वनबाट फैलिएको आगोले कामीको दुई तले घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी हवल्दार कृष्ण नेपालीले दिउँसो पौने ४ बजेतिर घरमा आगो लागेर बृद्धाको मृत्यु भएको बताए ।


खबर पाएपछि इलाका प्रहरी कार्यालय बाफुकोटबाट प्रहरी बरिष्ठ हवल्दार बिमल शाहीको कमाण्डमा चार जनाको टोली घनटा स्थल पुगेको थियो ।


त्यो टोलीले पौने ५ बजेतिर पुरै शरिर जलेको अवस्थमा कामीको शबको अबशेष निकालेको थियो । घरमा लागेको आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *