तुलसीपुर, बैशाख ६ । नेपाली काँग्रेसको बिद्यार्थी संगठन नेपाल विद्यार्थी संघले तुलसीपुर उपमहानगरपालिकाका मेयरलाई ज्ञापन पत्र बुझाएको छ ।
संघले आफ्नो ५५औँ स्थापना दिवसको अवसरमा मुलुकका ७५३ वटै स्थानीय तहमा नेपालको शैक्षिक गुणस्तर सुधारको मागसहित बिहीबार १७ बुँदे ज्ञापन पत्र बुझाएको छ ।
सोही कार्यक्रम अन्तर्गत तुलसीपुर उपमहानगरपालिका मेयर टीकाराम खड्कालाई नेविसंघका केन्द्रीय प्रतिनिधिको रुपमा खटाइएका केन्द्रीय सदस्य शिवराज खनालले ज्ञापन पत्र बुझाएका हुन ।
नेबिसंघले बुझाएको ज्ञापन पत्रमा माध्यामिक तहसम्मको शिक्षा पूर्णतहः निशुल्क हुनुपर्ने, कुल बजेटको २० प्रतिसत रकम अनिवार्य सार्वजनिक शिक्षामा बिनियोजन गर्नुपर्ने, निजी र सामुदायिक विद्यालयको पाठक्रममा एक रुपता हुनुपर्ने, बिभिन्न प्रबिधि मैत्री शैक्षिक सामाग्री उपलब्ध गराउनु पर्ने, छात्रबृत्ति बितरणमा एकरुपता हुनुपर्ने, बिद्यालय जाँदा बोक्ने झोलाको वजन घटाउन स्कूलमै झोला ब्यबस्थापन गर्ने तथा स्कूल ब्याग कार्यक्रम लागु हुुनपर्ने लगाएतका मागहरु गरेको छ ।