२०८१ बैशाख २१ गते शुक्रवार

घोराहीमा ब्यबसायिक स्ट्रबेरी खेती गरिरहेका वीरेन्द्र र बेगम


तुलसीपुर, पुस १२ । घोराही उपमहानगरपालिका–१४ भिंmगौरामा स्वर्गद्वारी आश्रमको करिव नांै कठ्ठा जग्गा भाडामा लिएर स्ट्राबेरीको ब्यबसायिक खेती गरिएको छ ।


यो नै हालसम्म जिल्लामा सबै भन्दा ठूलो क्षेत्रफलमा गरिएको ब्यबसायिक स्ट्राबेरी खेती हो ।
रोल्पाका बीरेन्द्र खड्का र म्याग्दीका बेग पुन मिलेर घोराहीमा स्ट्राबेरीको ब्यबसायिक खेती गरेका हुन । हाल उनीहरुको उत्पादनले फल दिन थालेको महिना दिन पुगि सकेको छ । ‘दैनिक कम्तिमा १५ केजी जति स्ट्राबेरी बेच्दै आएका छौं,’ वीरेन्द्रले भने ‘ हालसम्म साढे दुई सय केजी जति बिक्रि गरि सक्यौं।’

स्ट्राबेरी आठ सय रुपैंयाको एक केजीमा बेच्दै आएको खड्काले बताए । दुई हजारदेखि दुई हजार पाँच सय केजीसम्म स्ट्राबेरी फल्ने अनुमान उनीहरुको छ । झन्डै २० लाख जतिको कारोबार गर्ने र लागत खर्च कटाएर १३ लाखसम्म बचत गर्ने उदेश्य राखिएको खड्काले बताए ।


कृषिमा आइएसीएजी गरेका बीरेन्द्रले बिदेश जानु भन्दापनि आफ्नै ठाउँमा केही फरक खाले कृषि व्यवसाय गर्नुपर्छ भन्ने उद्देश्य राखेर स्ट्राबेरीको ब्यबसायिक खेती सुरु गरेको जानकारी दिए । बीरेन्द्रले तीन बर्ष पहिले ‘दाङ एग्रोमार्ट कृषि फर्म’ दर्ता गरि घोराहीमा फलफूलका नर्सरी तथा बेर्ना तयार पारी बिक्रि गर्दै आएका थिए ।


अहिले पनि त्यो नर्सरी छँदै छ । ‘कृषि क्रान्ति’ बारे बीरेन्द्रले राखेको भिडियो यूटुवमा देखेपछि म्याग्दीका बेगम पुन उनलाई खोज्दै दाङ आएका थिए । बीरेन्द्र संगको भेट पछि बेगम दाङमा आएर उनी संग मिलेर कृषि कर्ममा लागेका युवा हुन ।

कृषि अध्ययन गरेका युवाले आफ्नै गाउँ ठाउँमा आँफैले केही गरेर देखाउन सक्नु पर्ने बीरेन्द्र ठान्छन् ।

झन्डै दुई महिना पहिले नौ कठ्ठा क्षेत्रफलको जग्गामा दश हजार पाँच बिरूवा भारतको हैदराबादबाट ल्याएर उनीहरुले रोपेका थिए । ‘तराईको जमिनमा पनि उत्पादन लिन सकिने उन्नत जातको स्ट्राबेरीको विरुवा खोज्दै हैदराबादसम्म पुग्नु परेको हो,’ उनले भने ।


बिरुवा खरिद गरि दाङसम्म ल्याउँदा, थोपा सिंचाईका लागि मल्चिङ विधि प्रणाली निर्माण गर्दा सात लाख बढी खर्च भएको बेगमले बताए । विरुवामा मंसिर पहिलो सातादेखि नै फूल खेल्न थालेको हो ।

स्ट्राबेरीको खेती चिसो मौसम अर्थात शीतोष्ण प्रदेशीय भूगोलमा मात्रै गर्न सकिन्छ । तर, पछिल्लो समय यसका विभिन्न जातहरु विभिन्न हावापानीमा अनुकूलित विकसित गरिको हुँदा यसको ब्यबसायिक खेती समशीतोष्ण प्रदेशसम्म हुँदै आइरहेको छ । उनका अनुसार अहिलेको हिउँद अर्थात चिसो सिजनमा मात्रै दाङमा स्ट्राबेरीको खेती संभव रहेको छ ।
समुद्र सतहबाट एक हजारदेखि दुई हजार मिटरसम्म सफलताका साथ यसको खेती हुँदै आएको पाइन्छ ।

प्रशस्त घामको प्रकाश पुग्ने र सिंचाईको सुविधा भएको ठाउँ स्ट्राबेरीको खेतीका लागि उपयुक्त मानिने जानकारहरु बताउँछन् ।
पौष्टिकताको दृष्टिकोणले महत्वपूर्ण मानिने भूँइ काफल आर्थत स्ट्राबेरीको फल रातो रंगको हुने गर्छ । स्ट्राबेरीको फल ताजा रूपमा खान सकिन्छ भने प्रशोधन गरि जाम, रस, आइसक्रिम, मिल्क शेकको रूपमासमेत खाने गरिन्छ ।

प्रकाशित मिति : २०८० पुष १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *