२०८१ बैशाख २१ गते शुक्रवार

एचपिभी खाेप : लुम्बिनी प्रदेशमा ४८९ जनाले लगाए


दाङ,असोज ७ । किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप एचपिभी अभियान अन्तर्गत लुम्बिनी प्रदेशमा ४८९ जनाले खाेप लगाएका छन् ।

गत भदाै २७ गतेदेखि हिजाे असोज ५ गतेसम्म जनाले खाेप लगाएकाे खाेप अधिकृत नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

लुम्बिनी प्रदेशका लागि एचपिभी खाेप केन्द्र बाँकेकाे भेरी अस्पताल ताेकिएकाे छ ।

खाेप अधिकृत श्रेष्ठका अनुसार लुम्बिनी प्रदेशका लागि १२ सय खाेप उपलब्ध गराइएको छ । अहिलेसम्म १४-१५ वर्ष उमेर समुहका सम्म ४८९ जना किशोरीहरूले खाेप लगाएकाे अधिकृत श्रेष्ठले बताए ।

साथै खाेप अधिकृत श्रेष्ठले असाेज १० गतेसममम खाेप लगाउने समय थप भएकाले खाेप सेवा लिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०८० असोज ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *