२०८१ बैशाख २२ गते शनिवार

मैत्रीपूर्ण भलिबलमा पत्रकारकाे टीम विजयी

घाेराही, पुस २३ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनकाे ३२ औं स्थापना दिवसकाे अवसरमा आयाेजित मैत्रीपूर्ण भलिवलमा नेपाल पत्रकार महासंघ दाङ शाखाकाे टीम विजयी भएको छ ।

घाेराहीस्थित मेचीकाली स्कुलमा आज (शनिबार)भएको मैत्रीपूर्ण भलिबलमा नेपाल पत्रकार महासंघ दाङ र प्याब्सन दाङकाे टीमबिच भएको मैत्रीपूर्ण खेलमा पत्रकार महासंघकाे टीम विजयी भएको हाे।

पत्रकार महासंघकाे टीमले उक्त खेल २५-१७, २२-२५ र २५-१७ ले जितेको छ ।

यसअघि प्याब्सन दाङका अध्यक्ष मधुसूदन केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सल्लाहकार महेन्द्र अधिकारीकाे प्रमुख आतिथ्यमा खेलकाे औपचारिक कार्यक्रम गरिएको थियाे ।

कार्यक्रममा प्रमुख अतिथि अधिकारीले
प्याब्सनले गर्ने कार्यक्रममा मिडियाले अहम् भुमिका खेल्दै आएकाे बताउँदै शिक्षामा याेगदान दिने काममा रहेकाे प्याब्सन र समाजमा सुचना प्रदान गर्दै आएकाे मिडिया बिच सुमधुर सम्बन्ध निरन्तर रहनु पर्ने बताए ।

मित्रवत सम्बन्धले समाजलाई सकारात्मक बाटोमा अगाडि बढाउन सकिने हुँदा यसप्रकारका कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे।

साे अवसरमा बाेल्ने वक्ताहरुले प्याब्सनले नेपालकाे शिक्षा क्षेत्रमा पछिल्लो समय पुर्याएकाे याेगदानले समाज रुपान्तरणमा ठुलाे याेगदान पुगेको बताए ।

कार्यक्रममा प्याब्सन जिल्ला सल्लाहकार जीवनकुमार आचार्य, नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष सन्ताेष सुवेदीलगायतले बाेलेका थिए ।

कार्यक्रमकाे सहजीकरण प्याब्सन जिल्ला सचिव आदिम केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ पुष २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *