२०८१ बैशाख ३१ गते सोमवार

तुलसीपुरका डेरीमा फरक–फरक मुल्यसुचि


तुलसीपुर,असोज ४ । तुलसीपुर उपमहानगरपालिका भित्र रहेका डेरी उद्योगहरुमा दुग्धजन्य पदार्थको मुल्य फरक–फरक पाइएको छ ।

मंगलवार तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाको अगुवाईमा गरिएको अनुगमनका क्रममा एउटै पदार्थको मुल्य फरक–फरक पाइएको हो ।

तुलसीपुरमा डेरी सघं गठन अझै भैसकेको छैन । डेरी उद्योगहरुको सघं गठन नहुदाँ व्यवसायी आफुहरुले नै दुग्धजन्य पदार्थको मुल्य निर्धारण गर्दै आएका छन ।

उनीहरुले गरेको मुल्यसुचिमा एकरुपता भने आउने सकेको छैन । मुल्यमा एकरुपता नहुँदा आम उपभोक्ताहरु मर्कामा परेको बताउँछन ।

अनुगमनका क्रममा पनि डेरी उद्योगहरुमा मुल्य सुचि एकरुपता देखिएन । अहिले बजारमा घियुको मुल्य प्रतिकेजी १२ सय छ । तर तुलसीपुरको सुभ डेरि पसलले प्रतिकेजी १४ सय रुपैयाका दरले घिउ बिक्री गर्ने गरेको पाइएको छ । त्यस्तै लस्सी,कफी,दहीको मुल्य पनि फरक फरक पाइएको छ ।

बजारमा अहिले दुध प्रतिलिटर ९०,दही १ सय,पनिर प्रतिकिलो ८ सय,खुवा ८ सय,क्रिम ९ सय,चिया प्रतिकप २०,कफी ४०,छुर्पी प्रतिकिलो ६ सय,पुष्टकारी प्रतिकिलो ७ सय,कप दहि प्रतिकप २५,लस्सी प्रति गिलास ५०,मही प्रतिलिटर ४० रुपैयामा पाइन्छ ।

मंगलवार ७ वटा डेरी उद्योगमा गरिएको अनुगमनमा लेवल नलगाएका,म्याद गुज्रेका सामानहरु भेटिएका थिए ।

ति सामानहरु बिक्री वितरण नगर्न,सरसफाईमा विषेश ध्यान दिन,दर्ता नभएका पसललाई ३ दिन भित्र दर्ता प्रक्रियामा आउन आग्रह गरिएको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख रेखा शर्माले बताइन ।

त्यस्तै पछिल्लो समय हाम्रो पहुँच डेरी उद्योगबाट मिसावट र गन्ध आउने दुध बिक्रि वितरण गर्ने गरेको आम उपभोक्ताहरुले व्यापक गुनासो गर्दै आएको भन्दै यसलाइ सुधार गर्न सुझाब समेत दिइएको प्रमुख शर्माले बताइन ।

त्यस अबसरमा तुलसीपुर उपमहानगरपालिका पशु शाखाका प्रमुख सुबास आचार्य,खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य निरीक्षक राजेश चौधरी, तुलसीपुर उद्योग वाणिज्य सघंका कार्यालय प्रमुख पारेश्वर भटराई, इलाका प्रहरी कार्यालय तुलसीपुरका मनोहर राम चौधरी,पत्रकार लगाएतको सहभागिता थियो ।

तुलसीपुरमा हाल ३६ वटा डेरि सप संचालनमा छन ।

प्रकाशित मिति : २०७९ असोज ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *