२०८१ बैशाख २३ गते आइतवार

आजबाट लोकतन्त्र शिखर सम्मेलन सुरु हुदैँ

एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन फिलिपिन्ससहित छोटो एसिया भ्रमणका क्रममा पहिलो विश्राममा दक्षिण कोरिया पुगेका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनको पहलमा आज सुरु हुने लोकतन्त्रका लागि तेस्रो शिखर सम्मेलनअघि आइतबार दिउँसो ब्लिंनकेन दक्षिण कोरिया पुगेका हुन्। सोलले यो साता सम्मेलनको आयोजना गर्दैछ।

सोल पुग्नुअघि विदेशमन्त्री ब्लिंकेन बहराइनमा केहीबेर रोकिएका थिए। त्यहाँ उनले गाजामा युद्धविराम हासिल गर्ने प्रयासबारे राजा हमद बिन इसा अल–खलिफासँग कुराकानी गरेका थिए।

आजदेखि बुधबारसम्म चल्ने शिखर सम्मेलनमा सरकारी अधिकारी, गैरसरकारी संगठनहरू र नागरिक समाजका सदस्यहरू भेला हुनेछन्।

सोल वासिङ्टनको प्रमुख क्षेत्रीय सहयोगीमध्येको एक हो। अमेरिकाले आणविक सशस्त्र उत्तर कोरियाविरुद्ध सुरक्षामा सहयोग गर्नका लागि दक्षिण कोरियामा करिब २७ हजार अमेरिकी सैनिकलाई तैनाथ गरेको छ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले वासिङ्टनसँगको सम्बन्धलाई बढावा दिएका छन् र प्योङयाङको धम्कीहरूविरुद्ध अझ राम्रो सुरक्षाका लागि पूर्वऔपनिवेशिक शक्ति जापानसँग ऐतिहासिक शत्रुतालाई समाप्त गर्न माग गरेका छन्।

ब्लिंकेनले दक्षिण कोरियाली विदेशमन्त्री चो ताए–युलसँग भेटवार्ता गर्नुहुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

वासिङ्टन र सोलले उत्तर कोरियाविरुद्ध आफ्नो कथित ‘विस्तारित प्रतिरोध’ मा सुधारको खोजी गरिरहेकाले भेटमा द्विपक्षीय गठबन्धनलाई कसरी अगाडि बढाउने भन्नेबारेमा चर्चा हुने बताइएको छ।

लोकतन्त्र शिखर सम्मेलनले छनोट गर्ने निमन्त्रणा सूचीका कारण केही आलोचनालाई आकर्षित गरेको छ। निमन्त्रणा सूचीमा थाइल्यान्ड र टर्कीएजस्ता स्वयंलाई लोकतान्त्रिक मान्ने मुलुकलाई समावेश गरिएको छैन।

विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरका अनुसार सोलपछि ब्लिंकेन मनिलाका लागि प्रस्थान गर्नेछन्।

प्रकाशित मिति : २०८० चैत्र ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *