२०८१ बैशाख २१ गते शुक्रवार

बङ्गलादेशमा डेङ्गी सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९ सय नाघ्यो

सिन्ह्वा,असोज ८ । बङ्गलादेशमा यस वर्ष हालसम्म डेङ्गी सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९ सय नाघेको छ। एक लाख ८७ हजार ७२५ जनाभन्दा बढीमा डेङ्गीको सङ्क्रमण देखिएको बङ्गलादेशको स्वास्थ्य विभागले जनाएको छ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सेप्टेम्बरमा ३१६, अगस्टमा ३४२ र जुलाईमा २०४ गरी कूल ९०९ जना डेङ्गी सङ्क्रमित बिरामीको मृत्यु भएको हो।

महानिर्देशनालयका अनुसार सेप्टेम्बरमा ६३ हजार ९१७, अगस्टमा ७१ हजार ९७६ र जुलाईमा ४३ हजार ८५४ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ।

दक्षिण एसियाली मुलुकमा स्थानीय समयअनुसार आइतवार बिहान ८ बजेसम्म पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ भने तीन हजार ८ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ।

हालसम्म डेङ्गीको सङ्क्रमण पछि निको हुनेको सङ्ख्या एक लाख ७६ हजार ३४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। लामखुट्टेको टोकाइबाट सर्ने रोगको उच्च जोखिममा रहेको बङ्गलादेशमा जुन–सेप्टेम्बरको मनसुन अवधि डेङ्गु ज्वरोको मौसम हो।

प्रकाशित मिति : २०८० असोज ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *