२०८१ बैशाख २१ गते शुक्रवार

नेप्से परिसूचक ७० अंकले घट्यो

काठमाडौं ,फागुन २२ । मंगलबार सेयर बजारमा भारी गिरावट आएको छ ।

अघिल्लो दिन ११७ अंक बढेको नेप्से परिसूचक यस दिन भने ७० अंक घटेको छ । ७०.३१ अंक घटेपछि नेप्से २००७ अंकमा कायम भएको छ ।

कुल ४ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भयो । ३३ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने २ को स्थिर रह्यो । म्युचुअल फण्डबाहेक सबै क्षेत्रका सूचकहरु घटेका छन् । तीन समूहहरु हाइड्रोपावर, उत्पादन र अन्य समूह ४ प्रतिशतभन्दा धेरै घटे ।

बैंकिङ ३, विकास बैंक ३.६, फाइनान्स २.७, होटल तथा पर्यटन ३.७, हाइड्रोपावर ४.३, लगानी ३.४, जीवन बीमा ३.४, उत्पादन ४.२, माइक्रोफाइनान्स १.२, निर्जीवन बीमा २.६, अन्य ४.३ र ब्यापार समूह २.१ प्रतिशत घटे ।

गुराँस लघुवित्तको मूल्य ८.७, महिला लघुवित्तको ४.१, मोलुङ हाइड्रोपावरको ३.४ प्रतिशत मूल्य बढ्यो । बोटलर्स नेपाल बालाजु र जोशी हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । त्यस्तै बोटलर्स नेपाल तराईको मूल्य ९.४, प्रभु इन्स्योरेन्सको ८े.६, बीपीडब्लू लघुवित्तको ८.३ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, जोशी हाइड्रोपावर र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे ।

प्रकाशित मिति : २०८० फाल्गुन २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *