२०८१ बैशाख २१ गते शुक्रवार

सोमबार नेप्से परिसूचकमा ८.७५ अंकको गिरावट

काठमाडौं ,पुस १६ । अंग्रेजी वर्षलाई सेयर बजारले घटेर स्वागत गरेको छ। आइतबार सार्वजनिक बिदा रहेर सोमबार खुलेको बजारमा नेप्से परिसूचक ८.७५ अंकले घटेको हो।

यसदिन नेप्से ०.४२ प्रतिशतले घटेर २०६०.१५ अंकमा कायम भयो। यस्तै सेन्सिटिभ इन्डेक्स ०.३७अंकले घटेर ३८५.०७ अंकमा कायम भएको छ।

कारोबार सुरु भएको केही समय बढे पनि नेप्से अन्ततः रातो बन्यो। सो क्रममा १ सय ५९ कम्पनीको सेयर मूल्य घट्दा ७७ वटाको भने बढेका छन्। यसैगरी १० कम्पनीको भाउ यथावत रहे ।

बढ्नेमा सीईबीडी हाइड्रो र चिख्र्वा हाइड्रोको सेयर अगाडि रहे। ती कम्पनीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशत कमाउँदा नेपाल वेयरहाउजिङ, हाथवे र मुक्तिनाथ कृषि कम्पनीको मूल्य पनि करिब १० प्रतिशतले घटेको छ।

यता मोलुङ हाइड्रोका लगानीकर्ताले सर्वाधिक गुमाए। बढी भाउ घट्नेको सूचीमा मनकामना इन्जिनिरिङ, मैलुङ खोला जवि, तारागाउँ रिजेन्सी र अपर हेवाखोलाको भाउ सर्वाधिक घट्नेको सूचीमा शीर्ष ५मा रहे।

नेप्से घटेको दिन दिनभर १ लाख २ हजार ९ सय ५ कारोबारमार्फत् ३ सय ६ स्क्रिप्टका १ करोड १८ लाख ९२ हजार ५ सय ५९ इकाइ सेयर ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजार ४ सय ६१ रुपैयाँमा किनबेच भए। कारोबार रकम गत बिहीबारको तुलनामा १५ करोड रुपैयाँ बढी हो।

दिनभर सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ। कम्पनीको २० करोड १४ लाखको सेयर किनबेच हुँदा कारोबार रकमका आधारमा सोनापुर मिनिरल्स एन्ड आयल, हावथे, सानिमा जीआईसी इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ शीर्ष ५ मा रहे। दिनभर सोनापुरको पनि २० करोड रुपैयाँ र हाथवेको १७ करोभन्दा बढीको सेयर किनबेच भए।

समूहगत उपसूचकतर्फ ५ वटा समूह हरियो रहे। तीमध्ये सबैभन्दा बढी सुधार लगानी र उत्पादनमुलक समूहमा आएको छ भने उच्च गिरावट जलविद्युत् समूहमा देखिएको छ।

प्रकाशित मिति : २०८० पुष १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *