दाङ, माघ २३। बैतडीमा जन्ती बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । थप ४५ जना घाइतेको उपचार जारी छ ।
प्रहरीका अनुसार मृतक सबै पुरुष हुन । चार जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
बैतडीका प्रहरी प्रमुख डिएसपी दिपककुमार रायका अनुसार मृतक मध्य चार जनाको सनाखत भइ सकेको छ ।
दुर्घटनामा परि बझाङको बित्तडचिर गाउँपालिका – ७ का ४० बर्षीय केशवराज जोशी, सोही ठाउँका १३ बर्षीय अशोकराज जोशी, ३५ बर्षीय वशन्त जोशी र केदारस्यूँ गाउँपालिकका ६० बर्षीय मोहनदेब भट्टको सनाखद भएको छ । मृतक दुई जना पुरुषको भने यो खबर तयार पर्दासम्म सनाखद भइ सकेको छैन ।
४५ जना घाइतेलाई पुर्चौंडी पाटेल स्वास्थ्य चौकीमा पुर्याइएको छ ।
डिएसपी रायले बिहीबार बेलुका साढे सात बजेतिर जिल्लाको पुर्चौडी नगरपालिका –७ भौनीबाट बेहुली लिएर घर तर्फ फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोड बाट सु. प्र ०२ ००१ ख १११९ नम्बरको बस बस झन्डै एक सय मिटर मुनी खस्न पुगेको थियो । ।
बैतडीको पुर्चौंडीबाट बेहुली लगेर बझाङको सुनकुडातर्फ फर्कने जाँदै गरेको जन्ती बस दुर्घटनामा परेको थियो ।
दुर्घटनाको खबर पाउना साथ पुर्चौंडीका साथै ढोल्यामोडबाट प्रहरी घटनास्थलमा पुगेर उद्धार थालेको थियो ।
दुर्घटनाको कारण खुली नसकेको प्रहरीले जनाएको छ ।