२०७७ फाल्गुन २० गते बिहिवार

तुलसीपुर बाट ९ जना जुवाडे पक्राउ

शुक्रवार साँझ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ उत्तर कपडादेवीमा लक्ष्मण चौधरीको घरमा जुवातास खेलिरहेको भन्ने सुचनाको आधारमा प्रहरीले ९ जना जुवाडेहरुलाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको प्रहरीले नगद ४० हजार १ सय ५५ रुपैया  र तीन गड्डी ताससहित ९ जना जुवाडेहरुलाई पक्राउ गरेको  प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकाहरु माथी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुर प्रमुख प्रकाश सापकोटाले जानकारी दिए  ।

एक दिन अघि मात्र पनि  बिहिबार घोराही ३ भैसकुरमा सरद थापाको घरबाट जुवातास खेलिरहेको अवस्थामा ७ जना जुवाडेहरुलाई नगद १ लाख ३५ हजार सहित पक्राउ गरेको थियो ।

 

यो पनि पढ्नुहोस 

जुवातास खेलिरहेका ७ जना पक्राउ

प्रकाशित मिति : २०७५ कार्तिक १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *