शिवु खनाल,
देउखुरी, चैत ११ । राजपुर गाउँपालिकाका दुईजना अग्नी पीडितलाई आर्थिक सहयोग प्रदान गरिएको छ । गाउँपालिकाको वडा नम्बर १ बरुवाना निवासी बाबुराम सुनार र सोही नाकाका लोकबहादुर सुनारको घरमा होलीका दिन आगो लागेको थियो । आगोवाट घर भित्र रहेका अन्तपात, लत्ता कपडा, गरगहना तथा नगद सबै जलेर नष्ट भएको थियो ।
उनीहरु दुबैजना अग्नी पीडितलाई लमही नगरपालिका वडा नम्बर ५ निवासी शरद बुढाथोकी र राजपुर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नरेन्द्रसिंह भण्डारीले नगर प्रदान सहयोग प्रदान गरेका छन् ।
सोमबार अग्नि पीपडितकै निवासमा पुगि सहयोग प्रदान गरिएको हो । बुढाथोकीले नगर १६ हजार र र वडा अध्यक्षले नगर दश हजार सहयोग हस्तान्त्रण गरेका थिए ।
प्रकाशित मिति : २०७५ चैत्र ११ गते सोमवार