२०८१ चैत्र ९ गते शनिवार

दाङमा एक युबकको शव फेला

 

दाङको भालुबाङ स्थित आज बिहान एक युबकको शव फेला परेको छ । राप्ती नदीको किनारमा रहेको तटबन्ध छेउमा झुण्डी रहेको अवस्था शव फेला परेको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक रबिन्द्रराज पाण्डेले जानकारी दिएका छन ।

अन्दाजी ४० बर्षका युवकको रहेको र कसरी मृत्यु भएको भन्ने बिषयमा अहिले सम्म कुनै पहिचान खुल्न नसकेको प्रहरी निरीक्षक पाण्डेले बताए । युवकको शब राप्ती नदीमा बनाईएको तार जालीको तटबन्धमा झुण्डिएको अवस्थामा शब फेला परेको हो, प्रहरी निरीक्षक पाण्डेले भने । यस अघि पनि भालुबाङको निर्माणधिन बसपार्क नजिक भालु खोलामा एक बृद्धको शव फेला परेको थियो ।

प्रकाशित मिति : २०७५ कार्तिक ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *