२०८१ असोज ४ गते शुक्रवार

बिक्की सिंह ठकुरीले गरे नगद ५५ हजार ५ सय ५५ रुपैंया दान

दाङ,फागुन ८ । तुलसीपुरको शितलपुर जारी महापुराणमा बुधवार एक युवाले सबैभन्दा बढी दान गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुरा निवासी २२ बर्षीय बिक्कीसिंह ठकुरीले महापुराणमा नगद ५५ हजार ५ सय ५५ रुपैंया दान गरेका हुन ।

यो संगै ठकुरी महापुराणमा दोस्रो नम्वरमा सबैभन्दा धेरै नगद दानगर्ने दानदाता बनेका छन् । ठकुरी नै बुधवारको महापुराणमा विशिष्ट अतिथि समेत बनाए । यस अगाडि एकजना व्यक्तिले ६५ हजार नगद दान गरेका थिए ।

जिल्लाकै प्रमुख पर्यटकिय तथा धार्मिक स्थल सितलपुरमा पञ्चमुखे शिव मन्दिर र अखेलेश्वर महादेवको मन्दिर निर्माण गर्न आर्थिक सहयोग संकलन गर्ने उदेश्यले महापुराण संचाल गरिएको महायज्ञ मुल आयोजक समितिका कोषाध्यक्ष हरिहर पौडेलले जानकारी दिए । सितलपुरमा जारी महापुराणको विहिवार समापन गर्ने तयारी गरिएको छ । मंगलवार सम्म त्यहाँ नगद ४६ लाख दान संकलन भएको जानकारी दिइएको थियो ।

प्रकाशित मिति : २०७५ फाल्गुन ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *