
बालाराम खड्का,
तुलसीपुर, ६ फागुन । शान्तिनगर गाउँपालिका र राप्ती आँखा अस्पताल विच गाउँपालिकामा मोतियाविन्दुको शल्यक्रिया सम्बन्धि सोमवार सम्झौता भएकोछ ।
जिल्लामा रहेका १० वटा स्थानीय तहमा देखिएको दृष्टिविहीनताको समस्यालाई हटाउन स्थानीय सरकारलाई सहयोग पु¥याउने उद्देश्यले नेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालले ‘मोतिबिन्दुको निःशुल्क शल्यक्रिया तथा उपचार सेवा कार्यक्रम’ सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको हो ।
गाउँपालिकालाई मोतिविन्दुरहित बनाउने विषयमा सोमवार संघका संचिव सुरेन्द्रबहादुर खड्का र गाउँपालिकाका अध्यय कमान सिंह डाँगी , विच सम्झौता भएको राप्ती आँखा अस्पतालका प्रशासकिय अधिकृत किरण पौडेलले जानकारी दिएकाछन् ।
आर्थिक वर्ष २०७५÷०७६ बाट सञ्चालन हुने कार्यक्रम अन्र्तगत आगामी तिन बर्ष भित्र सवै वडाहरुमा आँखा चेकजाँच गरि मोतिविन्दुका विरामीहरुलाई शल्यक्रिया गरी उज्यालो प्रदान गरि मोतियाविन्दु रहित गाँपालिका घोषणा गर्ने गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताए । त्यस्तै मोतियाबिन्दुलाई स्थानीय सरकारको सहयोगविना हटाउन र दृष्टिविहीनताको व्यापकतालाई न्यूनीकरण गर्न सम्भव नभएकाले साझेदारी कार्यक्रम सञ्चालन गरेको नेपाल नेत्रज्योति संघका सचिव सुरेन्द्रबहादुर खड्काले जानकारी दिए । उनले जिल्लामा रहेका १० वटा स्थानीय तहमा यो कार्यक्रम लगेको र केहीमा सुरुभईरहेको र केहीमा सम्झौता हुन वाँकी रहेको बताए । सो अवसरमा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत निमबहादुर केसी, राप्ती आँखा अस्पतालका प्रशासकिय अधिकृत किरण पौडेललगायतको सहभागीता रहेको थियो ।
त्यसैविच बबई गाउँपालिका वडा नं ६ मा पनि मोतियाविन्दुको शल्यक्रिया सम्बन्धि सम्झौता भएकोछ । वडामा आँखा चेकजाँच र कान सम्बन्धि शिविर आयोजना हुनेछ । वडा नं ६ का अध्यक्ष रामबहादुर डाँगी, संघका सचिव सुरेन्द्रबहादुर खड्का, वडा सचिव दिलीपकुमार खत्री र प्रशासकिय अधिकृत किरण पौडेल विच सम्झौता भएको सूचना अधिकारी बालाराम खड्काले जानकारी दिए ।