२०८३ कार्तिक १० गते सोमवार

सहयोग संकलन गरि चौधरीलाई ह्वील चियर प्रदान

सिशहनिया, मंसिर २१ । सिशहनियाको सर्वौदय माध्यामिक विद्यालयको कक्षा ६ मा अध्यनरत कालापानी गाउँका अपाङ्गता भएका बालकलाई ह्वील चियर बितरण गरिएको छ । न्यानो कपडा किन्न भनेर नगद पनि प्रदान गएिको छ ।

सिसहनिया उद्योग बाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीको पहलमा पदाधिकारी र अन्य ब्यक्तिसंग आर्थिक सहयोग संकलन गरि अपाङ्गता भएका बिद्यार्थी जिवलाल चौधरीलाई ह्वील चियर र न्यानो कपडा खरिदका लागि नगद २ हजार रुपैंया प्रदान गरिएको हो ।

संघका सचिव मदन पोखरेलले एक कार्यक्रमको आयोजना गरि प्रमुख अतिथि देव नारायण चौधरी तथा राप्ती गाउँपालिका शिक्षा शाखा प्रमुख विश्वास विकको विशिष्ट आथित्यतामा उक्त कार्यक्रम भएको हो । नव निर्वाचित पदाधिकारीको पहिलो बैठकले चौधरीलाई ह्वीलचियर र नगद सहयोग गरेको हो ।

उपाध्यक्ष भागवत ज्ञवाली भानुले आर्थिक रुपले विपन्न परिवारका चौधरीलाई सहयोग प्रदान गरिएको जानकारी दिइन ।
गोवर्धन रावत, बसन्त थापा , रामु दामदामले जनही १ हजारका दरले सहयोग गरेका थिए । साथै पुर्ण बहादुर बुढाथोकी, मदन पोख्रेल, ईश्वरी अधिकारी, भागवत ज्ञवाली, रमेश गौतम, युवराज सेन, भरत पाण्डे, शाान्तराज भण्डारी, मनिराम बेल्वासे, निमु रावत, सन्जिव छिनाल,रामलाल पाण्डे, भानु रोकाय, हिमबहादुर रोकाय, पोम नारायण जैसी, टोप बहादुर खत्रि, निरज शेर बहादुर केसी लगायतले ५ सय रुपैंयाकाका दरले आर्थिक साहेता प्रदान गरेका थिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *