दाङ, पुस ३ । तुलसीपुर उपमहानगरपालिकाले प्लाष्टिकको प्रयोगमा रोक लगाउने निर्णय गरेको छ । मंगलवार बसेको कार्यपालिकाको ४८आंै वैठकले २० माइक्रोन भन्दा कम तौल भएका प्लाष्टिक जन्य पदार्थको प्रयोगमा रोक लगाउने निर्णय गरेको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।
वातावरणिय प्रभाव र प्रदुषणलाई कम गर्ने उदेश्यका साथ प्लाष्टिक र यसबाट वनेका वस्तुमा माघ १ गतेदेखि रोक लगाउने निर्णय भएको पाण्डेले बताए । त्यस्तै वैठकले ७ लाखसम्मको योजना वडाले अनुगमन गर्ने र त्यो भन्दा माथिका योजनाहरुको उपमहानगरपालिकाको अनुगमन समितिले अनुगमन गर्ने निर्णय पनि पारित गरेको जानकारी दिए ।
उपभोक्ता समितिले गर्ने योजनाको काममा ठूला उपकरण र साधनहरुको प्रयोग गर्दा उपमहानगरपालिका मार्फत भाडाको टेण्डर गरेर मात्रै गर्ने निर्णय पनि भएको छ । ‘अव उपभोक्ता समितिले आफुखुसी उपकरण र साधन भाडामा लिएर प्रयोग गर्न पाउने छैनन्,’ नगरप्रमुख पाण्डेले भने ।