देविराम कुसारी, गोल्टाकरी, मंसिर ९ ।
दाङको दंगिशरण गाउपालिकाले अझै पनि सामाजिक सुरक्षा भत्ता वितरण गर्न सकेको छैन । जिल्लाका सवै स्थानीयतहले सुरक्षा भत्ता वितरण प्रकृया सुरु गरिसकेको भएपनि दंगिशरणले भने दुई महिना ढिलो भइसक्दा पनि वितरण सुरु नगरेको स्थानीयले गुणासो गरेका छन् ।
दाङ उपत्यका भित्रका सवै स्थानीय तहले भत्ता वितरण गरिसक्दा पनि उक्त गाउँपालिकाका कार्यालय प्रमुख भने शुक्रवारदेखि कार्यलय आएका छैनन् । कार्यालय प्रमुख शुक्रवार र आइतवार कार्यालयमा नआएको हुँदा सेवा ग्राहीले आफुहरु मर्कामा परेको बताएका छन् । उक्त गाउँपालिकाका कर्मचारीहरुले पनि प्रमुखले जिम्मेवारी नदिएको भन्दै सर्वसाधारणलाई फर्काउने गरेको एकजना सेवाग्राहीले गुणासो गरे । ‘सामाजिक सुरक्षा भत्ता किन रोकिएको हो ? त्यो हामीलाई भन्दा कार्यालय प्रमुखलाई नै सोध्नुहोला ’ एकजना कर्मचारीलेल भने ‘ ठूला बडाले हामीलाई केही भन्दैनन् हामीलाई के थाहाँ।’ यो विषयमा जान्न खोज्दा कार्यालय प्रमुख मार्सल वलीको फोन स्वीच अफ पाइएको थियो भने गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले भने फोन उठाएनन् ।
जिल्लाका शान्तिनगर, वंलाचुली, तुलसिपुर र घोराही उप महानगपालिकाले सुरक्षा भत्ता वितरण गरिसकेका छन् । अरुले सुरक्षा भत्ता वितरण गरेर पेस्कि फरफारक गरिसक्दा समेत दंगिशरणमा भने अहिले सम्मपनि त्यसको सुरसार भएको छैन । त्यसले जेष्ट नागिरक, एकल महिला र वालवालिका मर्का परेका छन् । सुरक्षा भत्ताको भरपाई तयार पार्ने कर्मचारीलाई गाउँपालिका प्रमुखले प्रमुखले नियतवस फेरवदल गरेका कारण काममा ढिलाई भएको एकजना कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिए ।