२०७७ कार्तिक १२ गते बुधवार

बलात्कार आरोपमा पक्राउ

भद्रपुर, ४ मङ्सिर।  बालिका बलात्कार आरोपमा दमक नगरपालिका– ३ मा डेरा गरी बस्ने पाँचथर फाल्गुनन्द गाउँपालिका–६ का २५ वर्षीय दीपक धमाला पक्राउ परेका छन् ।

धमालाले एक बालिकालाई सोमबार राति ललाइफकाइ नजिकैको सामुदायिक वनमा लगेर बलात्कार गरेको आरोप लागेको छ । धमालालाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक अमर थापाले बताए  । बालिकाको स्वास्थ्य परीक्षणका लागि आज मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *