२०७७ कार्तिक १३ गते बिहिवार

नेपालगञ्जमा एक युवकको हत्या

राँझा, २ मङ्सिर।  नेपालगञ्ज उपमहानगरपालिका – १३ उदयपुरमा एक युवकको हत्या भएको छ ।

उदयपुरस्थित गङ्गापुरमा पोल्ट्री फार्ममा कार्यरत सुर्खेतका ३० वर्षीय सागर चन्दको धारिलो हतियार प्रहार गरी हत्या भएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए ।

धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका चन्दको उपचारका क्रममा आज मृत्यु भएको हो । चन्दलाई आफन्तले उपचारका लागि स्थानीय भेरी अञ्चल अस्पताल ल्याएका थिए । चन्द सडक दुर्घटनामा घाइते भएको आफन्तले बताए पनि उनको शरीरमा धारिलो हतियार प्रहार भएको देखिएकाले अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक डाँगीले बताए । यसैबीच गएराति नेपालगञ्जको खजुरा रोडमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते खजुरा गाउँपालिका–३ बाँकेका प्रियान्सु पौडेलेको उपचारका क्रममा मृत्यु भएको छ ।

सडकमा रोकिराखेको ट्र्याक्टरमा ठोक्किएर दुर्घटनामा परेका २१ वर्षीय पौडेलको उपचारका क्रममा मृत्यु भएको हो । उनीसँगै मोटरसाइकलमा सवार २० वर्षीया अनिता थापा क्षेत्रीको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *