२०८२ मङ्सिर २० गते शनिवार

काँग्रेसका कृष्णप्रशाद यादवलाई मुख्यमन्त्री ल्याउने सहमति


दाङ, मंसिर १९ । मधेस प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने भएको छ ।

शुक्रबार भएको छलफल पछि सात दल कांग्रेसका कृष्णप्रसाद यादवको नेतृत्वमा सरकार बनाउन सहमत भएका हुन । सहमति अनुसार शुक्रबार नै सात दलका नेताहरू मेलेर मधेस प्रदेश प्रमुख समक्ष यादवको पक्षमा दाबी पेस गर्न पुगेका थिए ।


यसअघि नेकपा एमालेका नेता सरोजकुमार यादवले मुख्यमन्त्रीमा नियुक्त गरिए पनि सर्बौच्च अदालतको फैसला पछि २२ दिनमै पदबाट राजीनामा दिएका थिए ।

विश्वासको मत पाउने अवस्था नदेखिएपछि उनले मंसिर १७ गते राजीनामा दिनु परेको थियो । कात्तिक २३ गते नियुक्त भएका एमाले नेता यादब कात्तिक २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले एक होटेलमा बिहानै ५ बजे सपथ लिएपछि तत्कालिन प्रमुखको पनि पद गुमेको थियो ।

प्रकाशित मिति : २०८२ मङ्सिर १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *