तुलसीपुर,बैशाख २५ । दाङको तुलसीपुरमा पाँच दलिय गठबन्धन दलहरुको बृहत चुनाबी आमसभा भएको छ । चुनावी आमसभा कार्यक्रम तुलसीपुरको अरणिको मैदानमा भएको हो ।
आमसभालाई सम्बोधन गर्दे प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले बाम लोकतान्त्रिक शक्तिहरुको बीचको सहमति र सहकार्यले मात्रै देशमा राजनीति स्थायित्व दिन र जनताको जनताको आवश्यकता अनुसार विकास र समृद्धिको नयाँ युग तिर लैजान सकिने बताए ।
नेपाली कांग्रेस दाङका सभापति शंकरप्रशाद डाँगीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिचाई मन्त्री दीपक गिरी, नेकपा एकीकृत समाजबादीका उपमहासचिब डा. बिजय पौडेल , नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा गठबन्धन दलबाट तुलसीपुर उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार गेहेन्द्र गिरी, नेकपा एकीकृत समाजबादीका केन्द्रीय सदस्य तथा उपमेयर पदका उम्मेदवार जोगबहादुर राना मगर लगाएतले चुनावी सभालाई सम्बोधन गरेका थिए ।