दाङ, पुस ५ । नेपाल बिध्यार्थी सघले संगठन विस्तारलाई तीव्रता दिएको छ । विहीवार मात्रै उस्ले जनता उच्चमाबिमा कलसिह वलीको अध्यक्षतामा नेबिसंघ ईकाइ समिति गठन गरेको हो । त्यस्तै जनकल्याण माबि पदमपुरमा बिनोद केसीको अक्षध्यतामा ८१ सदस्य ईकाइ समिति गरेको गरेको जानकारी दिएको छ ।
नेविसंघको गठन गर्न पुगेका नेताहरुले नेविसंघको विगत र अवका चुनौतिका बारेमा जानकारी दिएका थिए । काँग्रेस विना लोकतन्त्र अपहरणमा पर्ने भन्दै उनीहरुले वर्तमान बामगठबन्धनको सरकार अधिनायकवादी बन्दै गएको बताएका थिए । प्रजातन्त्र पुनःस्थापनाको लागि र पञ्चायतका विरुद्ध तत्कालिन समय नेविसंघले खेलेको भूमिका जस्तै अबपनि नेविसंघ सशक्त भएर अधिनायकवादी सरकारको विरोधमा उत्रनु पर्ने बक्ताहरुको धारणा थियो ।
नेविसंघका क्षेत्रीय सभापति नविन योगीको अध्यक्ष्यतामा भएको कार्यक्रममा नेबि संघका जिल्ला नेताहरु रबी बुढाथोकी,सुबास डिसी,किरण केसी,घनस्याम भन्डारी, जितेन्द्र वली लगाएतले निकट भविस्यमा हुन गइरहेको नेविसंघको जिल्ला अधिवेशन बाट एउटा उर्जासिल नेतृत्व चयन गर्नको लागि भूमिका खेल्न आग्रह गरेका छन् । त्यसअवरमा विद्यार्थी नेताहरु दिपक भन्डारी (राघब) टोपेन्द्र खड्का,तरुण नेता ललित पाण्डे,बालकृष्ण केसी , नेपाली काँग्रेसका नेताहरु प्रेम नेपाली,गादिराम वली , विद्यार्थी नेता प्रदिप गौतम लगाएतले मनतब्य व्यक्त गरेको नेबिसंघका क्षेत्रीय सचिब झुपलाल बुढा क्षेत्रीले जानकारी दिएका छन् ।